जनताको माग एकातिर, जनप्रतिनिधिको भिजन अर्कैतिर हुँदा प्रयोग विहीन हुँदै भ्युटावर

बङ्गलाचुली । बङ्गलाचुली गाउँपालिका ८ की निमा गाहलाई २०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि गाउँमा पानीको समस्या अन्त्य हुन्छ, होला जस्तो लागेको थियो । तर, जनप्रतिनिधिहरूले नागरिकहरूको समस्या समाधान गर्नु भन्दा गाउँको अग्लो डाँडामा भ्युटावर बनाउमा ध्यान दिए ।

दैनिक एक गाग्री पानी ल्याउनको लागि आउँदा र जाँदा करिब एक घण्टा समय लाग्ने उनको भनाइ छ । उनले भनिन्,‘ चुनावमा नेताहरूले जितेपछि अब पानीको सुविधा होला जस्तो लागेको थियो । तर, उनीहरूले पानी ल्याउन ध्यान दिनुभन्दा पनि भ्युटावर बनाउन लागेको पछि पानीको समस्या उस्तै रहेको छ । अग्लो डाँडा भ्युटावरको के काम छ । यहाँ हामीलाई खानेपानीको समस्या रहेको छ । यतातिर ध्यान नदिएर नेताहरूले कता ध्यान दिए ।’

स्थानीय बलदेव मल्लले आवश्यक विनाको चिज बनेको बताए । उनले भने,‘ जहाँ जुन चिजको आवश्यक रहेको छ , त्यो बनेको छैन् । तर, यि भ्युटावरको गाउँपालिकामा आवश्यक थिएन ।’ गाउँपालिका आफैमा डाँडैडाँडा भएको ठाउँ हुँदा यसलाई भ्युटावर मान्न सकिने भएयता पनि यहाँ अन्य हिसाबले विकास गर्न ठाउँमा भ्युटावरको नाममा बजेट सिध्याएको उनको भनाइ छ ।

उनका अनुसार अहिले भ्युटावर बनाएको ठाउँमा र पार्कमा गाई गोरु चराउने ठाउँ भएको छ, भने गोठाला आउँदा बस्ने ठाउँ भएको छ । ‘ हामीलाई यहाँ मुख्य समस्या भनेको पानीको हो ? तर, यहाँ भ्युटावर पार्क बनाएर हामीलाई के काम भयो । जनताको समस्या समाधान गरेपछि यस्ता काम गर्नु पर्ने हो ? समस्या एकातिर काम अर्कै तिर गर्दा हामीलाई केही फाइदा हुँदैन,‘ उनले भनिन् । गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्युटावर निर्माण गरिएका हुन । स्थानीय नागरिकहरूको माग र आवश्यकता बिनै बनेका टावरहरूको उचित संरक्षण हुन नसक्दा अलपत्र परेका छन् । पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकाका ३ स्थानमा निर्माण भएका अलपत्र भ्युटावरहरूले गाउँपालिकाहरूको विकासको मोडेललाई गिज्याइरहेका छन् ।

भूगोलका हिसाबले पहाडी क्षेत्र रहेको बङ्गलाचुली आफैमा चुली नै चुली भएको गाउँपालिका हो । प्राकृतिक रुपमा आफै सुन्दर देखिने लेकहरूमा सरकारले हचुवाको भरमा थुपारेको संरचनाबाट स्थानीय पनि खास्सै सन्तुष्ट छैनन् । स्थानीय बलदेव मल्लले आवश्यक विनाको चिज बनेको बताए । उनले भने,‘ जहाँ जुन चिजको आवश्यक रहेको छ , त्यो बनेको छैन् । तर, यि भ्युटावरको गाउँपालिकामा आवश्यक थिएन ।’ गाउँपालिका आफैमा डाँडैडाँडा भएको ठाउँ हुँदा यसलाई भ्युटावर मान्न सकिने भएयता पनि यहाँ अन्य हिसाबले विकास गर्न ठाउँमा भ्युटावरको नाममा बजेट सिध्याएको उनको भनाइ छ । उनले भने,‘ ३ वटा भ्युटावरहरू निर्माण भएका छन् । सरकारको करोडौँको बजेट जनप्रतिनिधिहरूको भिजन विना नबनाउँदा सकिएको छ । ’

गाउँपालिकाको ८ नम्बर वडाको हाँसीपुर, वडा नम्बर २ को धिमधिमे लेक र वडा नम्बर ५ को बङ्गलाचुली गरी ३ वटा टावर ठडिएका छन् । ३ स्थानका टावर ठड्याउन गाउँपालिकाले २ करोड बढि रकम खर्चिएको छ । निर्माण भएका टावर सञ्चालनको कुनै योजना गाउँपालिकासँग नहुँदा प्रयोगविहीन बन्दै गएका छन् । आवश्यकता भन्दा पनि लहडका भरमा निर्माण भएका संरचनाहरू प्रति स्थानीयहरूको चासो नै दिएका छैन् । पानीको हाहाकार भएको ठाउँमा भ्युटावरको निर्माणले स्थानीयलाई विरक्त बनाएको हो ।

टावरसँग सँगै निर्माण भएका अन्य संरचना दिन प्रतिदिन तोडफोड हुँदै गएका छन् । शौचालयका ढोका चोरी भए, पिउने पानीका लागि राखिएका पानीका ड्रम पनि हराएका छन् । गुरुयोजना बिना नै निर्माण गरिएका भ्युटावर र भौतिक संरचनाहरू अहिले आएर स्थानीय सरकारलाई निल्नु न ओकल्नु भएको छ । गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँपालिका निर्माण भएका संरचनाहरू यस्तो अवस्था हुनु दुखको कुरा भएको बताए ।

उनले यसलाई जनसहभागितामा कसरी जोड्ने भन्ने र जनताको मनमा यो हाम्रो सम्पत्ति हो ? यसलाई संरक्षण गर्नु पर्छ, भन्ने बारेमा सचेतना बढाउन जरुरी रहेको समेत बताए । उनले जहिलेसम्म यो नागरिक सचेतना बढाउन सकिदैन, तबसम्म सबै बनेको संरचनाहरू यस्तो स्थितिमा आउने समेत बताए । उनले भने,‘ राज्यको तर्फबाट मात्र संरक्षण गर्नु पर्छ, भन्दा पनि यहाँका नागरिकहरूले हाम्रो उपयोगको लागि बनेको हो ? भनेर बुझ्न जरुरी छ । त्यसो भएमा यस्ता संरचनाहरूलाई संरक्षण पाउन सक्छन् ।’

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस