दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १३ मा ऐलानी जग्गाको नगर उपभोग कार्ड बितरण सुरु भएको छ । आज आईतबार बाट सुरु भएको कार्यक्रममा पहिलो कार्ड चितली नेपालीले लिनुभएको छ ।
प्रगति टोल विकास संस्था भित्ताबाङका ५२ वर्षीय नेपालीको सुरुवात बट कार्ड वितरण गरिएको वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो ।
नेपालीले १० कठ्ठा अव्यवस्थीत जमिनको एक हजार कर बुझाई नगर सेवा उपभोग कार्ड लिनुभएको पौडेलले बताउनुभयो ।
तवडामा २६ वटा टोलहरु रहेका छन् । आज प्रगतिशिल टोलका नागरिहरुलाई कर बुझाउन आह्वान गरेको वडाले जनाएको छ । वडा अध्यक्ष पौडेलले तुलसीपुर उपमहानगरपालिकाले सुरुवात गरेको नगर सेवा उपभोक्ता कार्ड लिन वडाबासीलाई आग्रह समेत गर्नु भएको छ ।
भूमिहिन सुकुम्वासी, भूमिहिन दलित, अव्यबस्थीत बसोबासी र खेतियोग्य ऐलानी जग्गा उपभोग गरिरहेकाहरुलाई सेवा उपभोग कार्ड वितरण गरिने पौडेलले बताउनुभयो । उहाँले आवासीय तथा खेतियोग्य ऐलानी जग्गको अभिलेख कायम गराउन वडाका नागरिहरुलाई आग्रह समेत गर्नुभएको छ । सुकुम्बासी समस्या समाधान गर्नको लागि नगर सेवा उपभोग कार्ड वितरण गरिएको पनि उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा यो कार्ड वितरण गरिने भएको छ । कार्ड वितरण लगत्तै जग्गाको नाप नक्साङकन गरिने र सोही अनुसारको विवरण नगरपालिकामा पेश गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।
वडामा करिब पाँच सय जना भूूमिहिन सुकुम्वासी, भूमिहिन दलित, अव्यबस्थीत बसोबासी र खेतियोग्य ऐलानी जग्गा उपभोग गर्ने नागरिकहरु रहेका छन् । आज मात्रै १५ जना भन्दा धेरैलाई कार्ड वितरण गरिएको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यसअघि तुलसीपुरको ११ नम्बर वडामा कार्ड वितरण सुरु भएको थियो ।