जबरजस्ती करणी गरेको आराेपमा एक जना पक्राउ

दाङ ।

दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका ४ लिवाङका २२ वर्षीय गणेश डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई हिजो सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका १७ चौघेरामा रहेको  आफ्नो आफन्तीको कोठामा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस