आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। भारतको उत्तर–मध्य प्रदेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशााखाका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य बदली रहने महाशााखाले जनाएको छ । कोसी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदीको जल स

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस