देशभर विपदबाट एक सय ४० बढिको मृत्यु 

भदौ ।
नेपालमा विपद्का घटनामा परेर बैशाखयता एक सय ४८ जनाको मृत्यु भएको छ । अरु ३० जना वेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाको  छ ।

प्राधिकरणका अनुसार चार महिनामा विपद्का पाँच सय १० वटा घटना घटेका छन् । जसमा चार सय ९६ जना घाइते छन् । विपद्का घटनामध्ये सबैभन्दा ठूलो मानवीय क्षति पहिरोले गरेको छ । प्राधिकरणका अनुसार पहिरोमा परी ४० जनाको मृत्यु भएको छ ।

यस्तै, लेक लागेर ५, बाढीमा परेर ११, चट्याङ लागेर ३१, सर्पको टोकाइबाट ६, आगलागीमा परेर २४, जनावरको आक्रमणबाट १४, हिमपहिरोमा परी १२ र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

विपद्का कारण दुई सय ४० परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार विपद्का घटनाले वैशाखयता एक अर्ब १८ करोड १८ लाख १५ हजार ३४७ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस