काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै करारमा नियुक्त भएका कर्मचारीहरूलाई स्थायी बनाउने निर्णय गरेको छ ।
बिहीबार नगर कार्यपालिका बैठकले सर्वोच्चको आदेश बमोजिम २०६४ भन्दा अगाडीदेखि महानगरसँग जोडिएका कर्मचारीहरूलाई स्थायी गर्ने कार्यविधि बनाउने निर्णय गरेको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।अनुसार कार्यविधि बनाएर महानगरले करारका अस्थायी कर्मचारीहरूलाई स्थायी बनाउने छ ।
‘‘२०६४ सालसम्म अस्थायी करारमा नियुक्ति भएका कर्मचारीलाई स्थायी बनाउन कार्यविधि बनाउने निर्णय भएको हो, अब कार्यविधि बनाउने तयारी गरिएको छ, ’उनले भने ।’
प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार