मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुरघटनामा परी सल्यान बागचौर नगरपालीका २ का २६ वर्षीय कमल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति तुलसीपुर उपमहानगरपालकिा ८ चमेखोलामा रा४ प ९९०९ नम्बरको मोटरसाइकल अनीयन्त्रीत भई दुर्घटना हुँदा भएको हो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस