दाङ।
दाङमा जंगली च्याउ खाँदा एकै घरका तिनजना बिरामी परेका छन् । बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा एकै घरका तिनजना बिरामी परेका हुन् ।
च्याउँ खाँदा बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मैकुटीका ३१ बर्षिय अजय सुनार , २७ बर्षिया ईश्वरी सुनार र उहाँका ११ बिर्षया छोरी अस्मिता सुनार बिरामी पर्नुभएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मा रहेको भित्ताला भन्ने जंगलबाट खोजेर ल्याएको नचिनेको च्याउ खाँदा उहाँहरु विरामी पर्नुभएको हो ।
बिरामी परेकाहरुलाई वान्ता हुने,चक्कर लाग्ने र पखाला लाग्ने लक्षण देखिएको छ ।
विरामीहरुलाई बंगलाचुली अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लगि राप्ति स्वास्थ्य्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ । उनिहरुले २८ गते साँझ जँगली च्याउ खाएका हुन् ।
प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार


