किवानिज इन्टरनेशनल नेपालको पाँचौं डिष्ट्रिक्ट कन्भेन्सन रुपन्देहीमा हुदै

रुपन्देही । किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालले K69 (5th Convention of Kiwanis Nepal District) पाचौं डिष्ट्रिक्ट कन्भेन्सनको तयारीलाई तिब्र बनाएको छ । आगामी भाद्र ८ र ९ गते रुपन्देहीमा हुने डिष्ट्रिक्ट कन्भेन्सनको तयारी कार्यक्रमको जिम्मेवारी सहित संयोजकहरुलाई परिचालन गरिएको छ ।

रुपन्देहीको होटेल वोधि रेडसन (Bodhi Radesun) मा हुने कन्भेन्सनको सम्पूर्ण तयारि पुरा भएको डिष्ट्रिक्ट गभर्नर लक्ष्मण लम्सालले जानकारी गराउनुभयो । उक्त अवसरमा बोल्दै गभर्नर लम्सालले पाचौं डिष्ट्रिक्ट कन्भेन्सनमा ५ सय भन्दा बढी किवानिजहरुको उपस्थिति रहने विश्वास व्यक्त गरे ।

कन्भेन्सनको होस्ट स्थानिय किवानिज क्लब अफ रुपन्देही लुम्बिनीले गर्ने भएको छ । रुपन्देहीमा हुने किवानिजको कन्भेन्सनले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको छ ।

‘पाच सय भन्दा बढी किवानिज सदस्यहरु देश तथा विदेशका विभिन्न भागबाट रुपन्देहीमा एकैपटक आउँदा यहाँको पर्यटनले पनि गति लिने वताइएको छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस