दाङ ।
पिपल चौतारी कृषि सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा भएको छ । तुलसीपुर १६ फचकलुवामा रहेको संस्थाले साधारणसभा गरेको हो ।
संंस्थाका अध्यक्ष अमरबहादुर खड्काको अध्यक्षता तथा बयोबृद्ध डण्डबिर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खत्रीले सहकारी आर्थिक रुपान्तरणको बलियो आधार भएकोे बताउनुभयो ।
कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रुद्रबहादुर केसीले प्रस्तुत गर्नुभएको हो भने सांगठनिक प्रतिवेदन संस्थाका अध्यक्ष खड्काले प्रस्तुत गर्नुभएको हो ।
साधारणसभाले तुलसीपुरमा डेरी सञ्चालन गर्ने, डेरीमा आबश्यक पर्ने कर्मचारीका लागि विज्ञापन आह्वान गर्ने, सहुलियत ब्याजदरमा कृषकलाई ऋण उपलब्ध गराउनेलगाएतका निर्णय गरेकाे छ ।
त्यस्तै सभाले रमेश बस्नेतको संयोजकत्वमा तीन सदस्यीय लेखा उपसमिती समेत गठन गरेको छ । समितीको सदस्यहरुमा बिरबल केसी र कृतिबहादुर डाँगी रहनुभएको छ ।
कर्यक्रममा कार्यसमिती सदस्य रमेश गिरी, कल्पना सुनारलगाएतले बोल्नुभएको हो । लेखा उपसमिती सदस्य केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव यज्ञमुर्ति गौतमले गर्नुभएको हो ।


