हावाहुरी र बर्षाले मकै ढल्दा किसान मर्कामा


दाङ ।
केहि दिन देखिको बर्षा र हावा हुरिका कारण दाङको तुलसीपुर १४ करङ्गाका किसानले लगाएका मकै ढलेर नष्ट भएका छन् । निरन्तरको बर्षा र हावाहुरीका कारण मकै ढलर नष्ट भएपछि किसान चिन्तीत भएका हुन् ।

यसपाली मकैखेती राम्रो भएकोमा किसान खुशी भएका थिए । तर हावारीले मकै ढलेपछि किसान चिन्तीत भएका हुन् । महङ्गो मूल्य खर्चेर मकैको बिउ र मल प्रयोग गरेका किसानले मकै ढलेपछि समस्या भएको बताएका छन् ।

बर्षात र हावाहुरीका कारण करङ्गाका हुमबहादुर बस्नेतको करिब १० कठ्ठा, रिखिराम बस्नेतको करिब १२ कठ्ठा, कृष्णमणी शर्माको एक बिगाह र राममणी शर्माको करिब १५ कठ्ठा जग्गामा लगाईएको मकै ढलेर नष्ट भएको पत्रकार शरद शर्मा मज्गैँयाले बताउनुभयो ।

उहाँका अनुसार मकै ढलेर नष्ट हुँदा किसानको लाखौ रकम बराबरको क्षति भएको छ । यसबर्ष मकैका बोटमा किराको प्रकोप पनि नरहेको र सप्रिएको भन्दै किसान खुसी भएका थिए । तर मकै ढलेपछि किसान चिन्तीत भएका हुन् ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस