राप्ती लाईफ केयर हस्पिटलमा एनएमबिका कर्मचारी तथा सेवाग्राहीले छुट सुविधा पाउने


दाङ ।
एनएमबि बैंक र राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर दाङ बिच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौता संगै अब एनएमबि बैंकका कर्मचारी तथा ग्राहकले राप्ती लाईफ केयर हस्पिटलबाट प्रदान गरीने सबै सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।

सम्झौता अनुसार ल्याव इन्भेष्टीगेसन, फुलबडी चेकअप, माइनर प्रोसिडर, ड्रेसिङ्ग, अप्रेसन चार्ज, एक्सरे, भिडियो एक्सरे, सिटि स्कान, बेड चार्ज, इसिजि, इको, इन्डोसकोपी, क्लोनकोपी, फिजियोथेरापी सेवाहरुमा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १० प्रतिशत छुट पाउने बैंकका तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मीले जानकारी दिनुभयो ।

बैङ्कका ग्राहकलाइ उपचारको क्रममा सहुलियत प्रदान गर्ने उद्देश्यले छुट सम्बन्धी सम्झौता गरिएको उहाँकाे भनाई छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरिप्रसादद रिजालले हस्ताक्षर गर्नु भएको हो । 

यस्तै एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र राप्ती लाईफ केयर हस्पिटलका निर्देशक जीवन भण्डारीले सो सम्झौता आदान प्रदान गर्नुभएको हो । सम्झौताले एनएमबि बैंकका सम्पूणर् कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूणर् ग्राहकहरुले सुविधा लिइ लाभान्वित हुने तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मीले बताउनुभयो ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस