नगर सेवा उपभोग कार्ड वितरण सुरु


दाङ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा ऐलानी जग्गाको नगर उपभोग कार्ड बितरण सुरु भएको छ । बुधवार बाट सुरु भएको कार्यमा पहिलो सेवा कालिका गौतमले लिनुभएको छ ।

उहाले कच्ची घरको १ कठ्ठा ऐलानी जग्गाको कर बुझाई नगर उपभोग कार्ड लिनुभएको हो । यसैविच उपमहानगरले सुरुवात गरेको उभयोग सेवा लिन वडाध्यक्ष मान बहादुर रावतले वडाबासिमा आग्रह गर्नुभएको छ ।

उहाँले वडाभिका करिब एकहजार दुईसय जनालाई यस्तो कार्ड वितरण गरिने बताउनुभयो ।


आवासिय तथा खेतीयोग्य ऐलानी जग्गाको अभिलेख गराउन वडाध्यक्षले आग्रह गर्नुभएको छ ।

उहाँले अब सुकुम्बासी समस्या समाधानका लागि वडा र नगर गम्भिर रहेको बताउनुभयो ।

उहाँले नगर उपभोग कार्ड वितरण सँगै वडाका १९ वटै वडामा अमिनले जग्गाको नाप नक्साङ्कन गर्ने र सोको विवरण उपमहानगरमा बुझाईने बताउनुभयो । त्यसपछि नगरले राष्ट्रिय भुमि आयोगलाई आग्रह गरिने बताउनुभयो ।

प्रत्येक वडामा नक्साङ्कन तथा नापजाँच गर्न करिब ६ महिनाको समय लाग्न सक्ने बताउनुभयो । उहाँले अब सुकुम्बासी समस्या जसरी भएपनि समाधान गरिने बताउनुभयो ।

उहाँले सम्पुणर् वडा यस कार्यका लागि तयारी अबस्थामा रहेको बताउदै जग्गाको लालपुर्जा वितरण गर्दा प्राथमिकताको आधारमा वितरण गरिने जानकारी दिनुभयो ।

उपमहानगरसहित देशव्यापी अभियानमा सबैको उत्तिकै साथ र सहयोग आबश्यक पर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस