तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाले दर्ता श्रेस्ता कायम भएको जग्गामा बनेका संरचना भत्काउन शुरु गरेको छ । उपमहानगरपालिकाको नाममा दर्ता श्रेस्ता कायम भएको जग्गा अतिक्रमण गरी बनाइएका अवैध घरहरु भत्काउन सुरु गरिएको हो ।
उपमहानगरपालिकाको मुख्य भवनसंग सटेका तीन वटा घरहरुमध्ये २ वटा घरमा बुधबार डोजर चलेको छ भने एउटा घर घरधनी स्वयमले केही दिन अघिदेखी आफै भत्काउन सुरु गरेका छन् ।
उपमहानगरका कार्यबाहक नगरप्रमुख तथा तुलसीपुर ३ का अध्यक्ष बिर बहादुर बिक,नगर प्रहरी, उपमहानगर कार्यालयका इन्जिनियर पवन योगी, उपमहानगरका प्रवक्ता माधव वली लगायतको टोलीले सार्वजनिक जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा बनाइएका घर टहरा भत्काउन सुरु गरेको हो ।
उपमहानगरपालिकाको नाममा दर्ता श्रेस्ता भएको जग्गा अतिक्रमण गरी बनेका घर टहराहरु सबै हट्ने वडा अध्यक्ष बिकले बताउनुभयो ।
उपमहानगरको नाममा दर्ता श्रेस्ता रहेको तुलसीपुर बसपार्क क्षेत्र, मासु मार्केट,आलुमण्डी, न्युरोड र बसपार्कदेखी दक्षिणतर्फ रहेको उपमहानगरको झन्डै ५ बिगाह जग्गा अतिक्रमण ठुला ठुला संरचना बनेका छन् । ति संरचना नहटाएको भन्दै उपमहानगरपालिकाको आलोचना भइरहेको छ ।