रोल्पा दुर्घटना अपडेटः मृतक र घाईतेको पहिचान खुल्यो

राेल्पा । रोल्पामा भएको बस दुर्घटनामा परि मृत्यु हुने चारैजनाको पहिचान खुलेको छ । मृत्यु हुने चारजनामध्ये ३ जना माडी गाउँपालिकाका रहेका छन् भने एकजना परिवर्तन गाउँपालिकाका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका अन्दाजी २२ बर्षिय प्रकाश बाँठा, सोही ठाउँको वडा नम्बर ४ का अन्दाजी ५१ बर्षिय गोर्खे डाँगी, उहाँकी श्रीमती ५० बर्षिया हस्ता डाँगी र परिवर्तन गाउँपलिका ३ का अन्दाजी ४६ बर्षिय भक्ता बिक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै दुर्घटनामा परि १९ जना घाईते भएका छन् । घाईतेमध्ये दुईजनाको अबस्था गम्भिर रहेको छ । रोल्पा नगरपालिका-६ दार्वोटका २५ बर्षिय कमानसिंह घर्ति र माडि गाउँपालिका-२ घर्तिगाउका २० बर्षिय जितेस बाठा गम्भिर घाईते हुनुभएको छ ।

त्यस्तै घाईते हुनेमा रोल्पाको माडी-६ का १४ बर्षिय नबिन बुढा, त्रिबेणी-७ छम्पासुनारीका ६२ बर्षिय कमानसिंह सुनार, माडि-४ का ९ बर्षिय मिलन डाँगी, माडि-६ कोर्चावाङका १५ बर्षिय मुकेश पुन, सोही ठाउँका २३  बर्षिया हिमानी घर्ति, उहाँका  ११ महिनाका छोरा ओल्सन घति रहनुभएको छ ।
।

त्यस्तै माडि-४ का २२ बर्षिया कबिता खड्का, उहाँका ५ बर्षिक्ष् छोरा युस खड्का, सोही ठाउँका २६ बर्षिया मिना डाँगी, माडी २ घर्तिगाउँका २८ बर्षिया तिरपना बाठा, परिवर्तन गाउँपालिका-३ का २४ बर्षिय खुम्बु बुढा, त्रिबेणी गा.पा.-२ नुबागाउका अन्दाजी १७ बर्षिया पुणर्ीमा बुढा घाईते हुभएको हो ।

त्यस्तै सोही ठाउँका १३ बर्षिया सुस्मिता बुढा, माडी-२ का ४० बर्षिया बिर्जना घर्ति, माडी गा.पा.-२ घर्तिगाउका २४ बर्षिय कमल खड्का, राल्पा नगरपालिका ६ दारबोटका २४ बर्षिय ईन्दकुमार घर्ति र सवारी चालक दाङको घोराही १२ हापुर का २४ बर्षिय हुमराज बस्नेत घाईते हुनुभएको छ । घाईते सबैको अबस्था मध्यम रहेको उहाँले बताउनुभयो । त्यस्तै चालक बस्नेतको अबस्था भने सामान्य रहेको र प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर त्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ रिचि मोडमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस