दाङ सहित देशका १७ ठाउँमा भारी वर्षा, बबइ र बागमती नदी खतराको तहभन्दा माथि

दाङ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। जसका कारण पछिल्लो समय देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।

आज ९मंगलबार० बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टादेखि देशका १७ ठाउँमा भारी वर्षा भइरहेको विभागले जनाएको छ। बाँके, बर्दिया, दाङ, चितवन, मकवानपुर, सिन्धुली, बारा, धनुषा र सर्लाही जिल्लाका गरी १७ ठाउँमा भारी वर्षा भइरहेको हो।

भारी वर्षाका कारण बर्दियामा बबइ र रौतहटमा बागमती नदीको जल सतह बढेर खतराको तह पनि पार गरिसकेको छ। बर्दियाको चिपाङ्ग मापन केन्द्रमा बबइ नदीको जलसतह खतराको तह पार गरेर ७।५७ मिटर पुगेको छ। उक्त मापन केन्द्रमा जलसतह ६.८० मिटर पुग्दा खतरा तह पुगेको मानिन्छ।

यस्तै, रौतहटको कर्मैया (पधेरादोभान) मापन केन्द्रमा बागमती नदीको जलसतह ७.३ मिटर पुगेको छ। उक्त मापन मापन केन्द्रमा जलसतह ६.८ मिटर पुग्नुलाई खतराको तह मानिन्छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कर्णाली, बबइ, पश्चिम राप्ती, राप्ती, नारायणी, बागमती र कमला नदीमा बाढीको जोखिम छ। यी नदीका जलाधार क्षेत्रमा भारी वर्षा भइरहेका कारण दिउँसोसम्म नदीमा जलसतह बढ्ने तथा आकस्मिक बाढी आउने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस