विजौरी / पर्यावरणिय दीगो बिकाश अनुसन्धान केन्द्रले एक कार्यक्रमको आयोजना गरि अर्गानिक कृषि सामाग्री गन्यारी कृषि सहकारीलाई हस्तान्तरण गरेको छ ।
पर्यावरणिय दीगो बिकाश अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का काबा अध्यक्ष सितल प्रसाद बुढामगरको प्रमुख आतिथ्यमा सहकारीका अध्यक्ष लक्ष्मी चौधरीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
स्थानिय अर्गानिक कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त सामाग्री हस्तान्तरण गरिएको केन्द्रका अध्यक्ष रावतले जानकारी दिनु भयो ।
उक्त कृषि सामाग्री खरिदका लागि संयुक्त रास्ट्र संघले विश्व बाताबरण कोषको साना अनुदान कार्यक्रम र कृषि ज्ञान केन्द्र घोराहीको आर्थिक सहयोग गरेका थिए ।
एउटा टंकी, चार वटा बोत्तल अर्गानिक बिसादी, एउटा अर्गानिक मलको प्याकेट हस्तान्तरण गरिएको थियो ।
सहकारी ले ढेड बिघाहमा अर्गानिक लोकल तिल्की खेती गरेको छ ।


