सवारी कारबाहीबाट ११ करोड बढि राजश्व संकलन

दाङ । दाङमा नियम विपरित चल्ने सवारीबाट चार वर्षको अवधिमा ११ करोड बढी राजश्व संकलन भएको छ ।
जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार आर्थिक बर्ष २०७६/०७७ देखि बितेको आर्थिक वर्षसम्ममा १ लाख ८४ हजार १ सय ४३ सवारीलाई कारवाही गर्दा ११ करोड ४३ लाख ९० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।


आर्थिक बर्ष २०७६/०७७ मा ३७ हजार ४ सय ६३ सवारीलाई कारवाही गर्दा २ करोड ३० लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख किरण प्रकाश मल्ले जानकारी दिनुभयो ।


यसैगरी आर्थिक बर्ष २०७७/०७८ मा ५६ हजार ३ सय ८२ सवारी कारवाहीमा पर्दा ३ करोड ३८ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै आर्थिक बर्ष २०७८/०७९ मा ४२ हजार ४ सय ३ सवारी कारबाहीमा पर्दा २ करोड ६३ लाख ४३ हजार रुयैयाँ राजश्व संकलन भएको छ ।


आर्थिक बर्र्ष २०७९/०८० मा ४७ हजार ८ सय ९५ सवारी कारवाही गर्दा ३ करोड ११ लाख २० हजार ५ सय रुयैयाँ राजश्व संकलन प्रमुख मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस