तुलसीपुर । गोरखा माबि तुलसीपुरले आफ्ना अभिभाबकलाई अभिमुखिकरण गरेको छ । पछिल्लो समय बालबालिकामा देखिने बिभिन्न विकृती रोक्न अभिभाबकलाई अभिमुखिकरण गरेको हो । खासगरि पछिल्लो समय बालबालिकाले बिभिन्न बहानामा मोवाईल चलाउदा त्यसको लत बस्दै गएको र जसले गर्दा उनीहरुको आनीबानीमा परिवर्तन हुदै जानेलगाएतका समस्या बढेको भन्दै अभिमुखिकरण गरेको हो ।
मनोचिकित्सक पुरुषोत्तम गौगतले सबै अभिभाबकले आआफ्ना सन्तानलाई कसरी चिन्ने भन्ने बारेमा अभिमुखिकरण गर्नुभएको हो । उहाँले बालबालिकालाई मोवाईलमा बढि मात्रामा समय बिताउदा त्यसले उनीहरुमा पार्ने नकारात्मक असरको बारेमा प्रशिक्षण दिनुभएको हो ।
उहाँले आफ्ना बालबालिकालाई मोबाईलको लतबाट छुट्कारा दिलाउन उनीहरुलाई कोठाभित्र सिमित गराउनुको साटो घरका काममा प्रेरित गर्ने तथा बाह्य वातावरणमा रमाउन सिकाउने, आफुले आफ्ना बालबालिकाको लागि पर्याप्त समय दिनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले आफ्ना बालबालिकाको सामुन्ने मोबाईल नचलाउने तथा बालबालिकालाई रातीमा धेरैबेर मोबाईल चलाउन नदिने, बालबालिकाले क्याल्कुलेटर प्रयोग गर्नेलगायत बिभिन्न बहानामा मोबाईल चलाउने गरेको पाईने भन्दै अभिभाबक त्यसतर्फ सजग हुन उहाँले आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितीका उपाध्यक्ष डोर बहादुर जिसिको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक मोहन स्वणर्कारले स्वागत मन्तव्य तथा विषय माथि प्रकास पार्नुभएको हो । कार्यक्रमको सहजिकरण विद्यालयका मावि संयोजक बामदेव सापकोटाले गर्नुुभएको हो ।