आज यि प्रदेशहरुमा सामान्य देखी वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाकाे भनाइ छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

माैसम पूर्वानुमानका अनुसार काठमाडाैं उपत्यकामा गत राती अत्याधिक वर्षाका कारण बाग्मती, विष्णुातीलगातका नदी खाेलाहरूमा जल सतह उच्च विन्दु पार गरेकाे छ । बिहीबार बिहान १० बजेसम्म नदी तथा खाेला छेउछाउमा हिडडुल गर्दा सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस