
दाङ । माछा मार्ने क्रममा खोलामा डुवेर वेपत्ता भएका एक युवाको अबस्था अझै अज्ञात रहेको छ ।
घोराही-७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका घोराही उपमहानगरपालिका वडा नम्बर १० का सुनिल पुनमगर डुबेर वेपत्ता हुनुभएको हो ।
हिजो साँझ साढे चारबजे तिर माछा मार्ने क्रममा बेपत्ता पुनमगरको करिब २० घण्टाबढि समय भईसक्दा सम्म पनि अबस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।
पुनमगरको खोजी कार्यका लागि नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना गरि १ सयबढि जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८० साउन १० गते बुधवार