
दाङ । दाङमा दुईवटा सवारीका साधन एक आपसमा ठोक्किदा १७ जना घाईते भएका छन् । आज अपरान्ह साढे ३ बजे लमही नगरपालिका वडा नम्बर ६ को लमही घोराही सडकखण्डको बेलदमारमा लमहीबाट घोराहीतर्पm आउदै गरेको रा १ ख २०१७ नम्बरको बालवुा बोकेको टिपरमा विपरित दशाबाट जादै गरेको ग १ ख ९९७८ नम्बरको बसको ब्रेक फेल भएर ठोक्किदा दुर्घटना भएको हो ।
घाईते हुनेमा दाङको राजपुर गाउँपालिका ७ लैबरुवाका ५० बर्षिया रिता बिक, भारतको मध्यप्रदेश शिवाजी नगर भुसालका २७ बर्षिय शनि बिष्ट, तुलसीपुर १६ का ४२ बर्षिय हिमबहादुर बस्नेत, गढवा गाउपालिका ४ का ३१ बर्षिय शम्भु चौधरी, रोल्पाको रुण्टीगढी ६ का ५२ बर्षिय ईन्द्रसिंह घर्तीमगर, राप्ती गाउँपालिका ५ का २६ बर्षिया प्रमिला चौधरी रहनुभएको जिल्ला प्रहरीय कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभएको हो ।
यस्तै घाईते हुनेमा घोराही १४ का २८ बर्षिया जुनमाया परियारका ५ बर्षिया छोरी एसिका परियार, घोरही १४ कै १७ बर्षिया खुसी परियार, सोही ठाउँका ४६ बर्षिया रामकली बिक, घोराही ४ का १९ बर्षिया हिरा बुढामगर, तुलसीपुर १३ का ७७ बर्षिय विजुलीबहादुर घर्तीमगर, लमही नगरपालिका ९ का ३० बर्षिय ओबिराम कुमाल, घोराही ७ का ४६ बर्षिया कल्पना थापा रहनुभएको छ ।
यस्तै दुर्घटनामा परि राजपुर गाउँपालिका ७ का ६७ बर्षिया भद्रीकला घर्तीमगर, सोही ठाउँकै २१ बर्षिय ज्ञानेन्द्र घर्तीमगर, राप्ती गाउँपालिका १ का ३८ बर्षिय सागर बुढाथोकी र बर्दियाको बासगढी नगरपालिका ४ का ३३ बर्षिय हिरालाल अधिकारी घाईते हुनुभएको हो ।
यस्तै टिप्पर चालक लमही नगरपालिका ५ रातोडाँडाका २८ बर्षिय कुलराज घर्ती घटनास्थलमा रहेको र बस चालक लमही ५ देउपुरका २७ बर्षिय स्मित डिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाईते सबैको अबस्था सामान्य रहेको लमही अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।