टुनिबोट नजिकै ठुलो ढुंगा खसेपछि राप्ती राजमार्ग फेरि अवरुद्ध


सल्यान । अविरल वर्षापछि ढुङ्गा खस्दा राप्ती राजमार्ग आइतबार बिहानदेखि अवरुद्ध भएको छ । राप्ती राजमार्गको दाङ -सल्यान सडकखण्ड अन्तर्गत टुनिबोट नजिकै सडकमा ठुलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

बिहान साढे ७ बजेतिर ठुलो ढुङ्गा झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा ठुला गाडीहरु पास हुन सकेका छैनन् । तर मोटरसाइकल र सानो गाडीहरू आवातजावात भइरहेको उहाँले बताउनुभयो ।

बिहानदेखि सडक अवरुद्ध हुँदा ठुला सवारीसाधनमा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । ठुलो ढुङ्गा फुटाउने साधन दाङ तुलसीपुरबाट बोलाइएको खनालले बताउनुभयो ।

दाङबाट साधन आउने बित्तिकै ढुङ्गा फुटाउने कार्य सुरु हुनेछ । सडक सुचारु हुन आझै ५ /६ बज्न सक्ने प्रहरीको भनाई छ ॥

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस