राप्रपा दाङको अध्यक्षमा किशोर बहादुर न्यौपाने मनोनीत

घोराही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दाङ जिल्ला अध्यक्षमा किशोर बहादुर न्यौपाने मनोनीत भएका छन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले न्यौपानेलाई दाङको तदर्थ समितिको अध्यक्षमा मनोनीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रदेशपत्रलाई जानकारी दिए।

न्यौपानेलाई दाङ जिल्ला अधिवेशन गराउने जिम्मेवारी पनि तोकिएको छ । पार्टि स्थापना देखि निरन्तर रुपले सक्रिय रहदै आएका न्यौपाने बिघटित जिल्ला कार्यसमितिको उपाध्यक्ष थिए ।

बिद्यार्थी राजनीतिबाट सुरु गरेका न्यौपाने पुर्व अध्यक्ष दिनेश बहादुर न्यौपानेका छोरा हुन । राप्रपाको तीन जिल्लामा अध्यक्ष रिक्त थिए। त्यसका लागि राप्रपाले अनलाइन आवेदन आह्वान गरेको थियो

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस