काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व आईजीपीहरूसँग छलफल गरेका छन् ।
आज (आइतवार) बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका पूर्व आईजीपी र पूर्व एआईजीपीहरूसँग उनले छलफल गरेका हुन् ।
पूर्व सुरक्षा अधिकारीहरूको भेटमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने बताएका छन् । ‘उहाँले प्रहरीमा धेरै सुधार गर्नुपर्ने आवश्यकता छ । अहिले राजनीतिक हस्तक्षेमुक्त बनाउन लागेको बताउनुभयो,’ प्रहरीका निवर्तमान आईजीपी धिरजप्रताप सिंहले भने ।
उनका अनुसार गृहमन्त्रीले सुरक्षा निकायका पूर्वपदाधिकारीहरूलाई अहिले सुरक्षाको अवस्था आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा जिज्ञासा राखेका थिए । मन्त्री श्रेष्ठले गृहमन्त्रालयले आगामी दिनमा गर्नुपर्ने सुरक्षा योजनाका बारेमा पनि जिज्ञासा राखेका र सबै पदाधिकारीले आ–आफ्नो सुझाव दिएका थिए ।
ख्ष्बलभत अयmmगलष्अबतष्यल
शान्ति सुरक्षा सुदृढीकरणका लागि आइतवार सिंहदरबारमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले सरकारी संगठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम गरिरहेको बताए ।
कर्मचारीको कार्यदक्षता प्रभावकारी नबनाई काम गर्नमात्रै भनेर परिणामको अपेक्षा गर्न नहुने उनले बताए । ‘आन्तरिक रूपमा हाम्रा संगठनहरूलाई कसरी संस्थागत काममा लगाउने, कसैलाई पक्षपात भएको अनुभूति गर्न नदिने र अवाञ्छित चलखेलबाट मुक्त राख्न कसरी सबैलाई उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ,’ उनले भने, ‘कार्यदक्षता प्रभावकारी नबनाई काम गर् मात्रै भनेर परिणामको अपेक्षा गर्न सकिँदैन । डेलिभरी छिटो र सहज ढंगबाट दिन संयन्त्र कसरी परिचालन गर्ने भन्नेमा हाम्रो ध्यान जान जरुरी छ ।’