तुलसीपुर । दाङमा पहिलो पटक शौचालय सहित यात्रुबस सञ्चालनमा ल्याएको राप्ती यातायत सेवा प्रालीले सुबिधा सम्पन्न थप एसि बस सञ्चालनमा ल्याएको छ ।
तुलसीपुरका केहि यातायत ब्यबसायीहरु मिलेर पहिलो पटक शौचलय सहितका यात्र बाहक बस सञ्चालनमा आएका थिए ।
यात्रुहरुको सुबिधाकोलागि दाङमा शौचालय , क्यान्टीन सहित बस सञ्चालन गर्दा बिभिन्न बाधा अडचन भएकोले त्यसलाई क्यान्सील गरि डिलक्स मात्र सञ्चालन गर्दै आएको प्रालीले अहिले सुबिधा सम्पन्न एसी बससञ्चालन गर्न लागेको प्रालिका अध्यक्ष विनोद कुमार शर्माले जानकारी गराएका छन ।
विहीबारदेखि तीन वटै बस दाङ–काठमाडौंकालागि चल्ने छन् ।विगत ८ बर्षदेखि प्रालिले प्रभाबकारी रुपमा सेवा दिदै आएको छ । प्रालिले केही समयमा पोखरा, विरगंज, नेपालगञ्जलगायतका स्थानमा सेवा दिने लक्ष्य राखेको छ ।
प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार