
तुलसिपुर – दाङको तुलसीपुरमा रहेको पातुखोलामा डुबेर एक बालकको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गैरापातुका तुलसी दमाईका ११ वर्षीय छोरा रविन परियारको आज दिउँसो पातुखोलामा डुबेर ज्यान गएको हाे ।
साथीसँगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।
बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारमा क्रममा अहिले बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २३ गते शनिवार