सामूहिक बलात्कार घटनाका अभियुक्त बस्नेत १३ वर्षपछि काठमडौंबाट पक्राउ

तुलसीपुर / दाङको तुलसीपुरमा १३ वर्षअघि भएको एक सामूहिक बलात्कार प्रकरणका अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआईबी) को टोलीले दाङको साविक उरहरी ८ का ३१ वर्षीय नविन बस्नेतलाई काठमाडौंको तारकेश्वरबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले पक्राउ गरी हालै सार्वजनिक गरेको छ ।

दाङको तुलसीपुरस्थित खोलाको बगरमा २०६७ साल असार १५ रुकुमकी एक किशोरीमाथि १० जनाले सामूहिक बलात्कार गरेका थिए । उनीहरूले तुलसीपुरको एक होटलबाट ती किशोरीलाई तानेर लगेका थिए । किशोरीका दाइलाई कुटपिट गरेका थिए ।

यो घटनामा सर्वोच्च अदालतले आरोपितहरूलाई दोषी ठहर गर्दै ६ वर्षदेखि १६ वर्षसम्मको कैद सजाय सुनाएको थियो । हालै पक्राउ परेका बस्नेतलाई ६ वर्ष जेल सजाय भएको थियो । यो प्रकरणका अन्य केही दोषीहरू जेलमा छन् भने केही फरार छन् । यो घटनामा सुनिल वली, नविन बस्नेत, याद टण्डन, टेण्डन खत्री, चन्द्र बुढामगर, शुरेश केसी र राजिव कोइराला दोषी ठहर भएका थिए । घटना भएपछि बस्नेत फरार थिए ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस