लुम्बिनी प्रदेश सरकार बिस्तारका लागी मुख्यमन्त्री छलफलमा जुटे

भालुबाङ । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मुख्यमन्त्री डिल्ली चौधरीले छलफल सुरु गरेका छन् । बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने सम्बन्धमा ध्यान केन्द्रित गरेका हुन् ।

कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट मन्त्री थप हुन बाँकी छ ।

प्रदेशमा हाल तीन वटा मन्त्रालय खाली छन् । खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी रहेका कारण हाल ती मन्त्रालय मुख्यमन्त्री चौधरीले नै सम्हाल्दै आएका छन् । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सन्तोष पाण्डेयका अनुसार साना दलको भागबण्डा अनुसार प्रतिनिधित्व भइसकेका कारण अब कांग्रेस र माओवादी केन्द्रबाट ती मन्त्रालयमा मन्त्री नियुक्त हुने छन् ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस