नेपाल आयुर्वेद चिकित्सक संघ, लुम्बिनी प्रदेशको २६ औं वार्षिक उत्सव सम्पन्न (भिडियो सहित)

बिजौरी । नेपाल आयुर्वेद चिकित्सक संघ, लुम्बिनी प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ ।

नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम् नेपाल आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष डा.सन्तोष कुमार ठाकुरको प्रमुख आतिथ्य र केन्द्रिय आयुर्वेद विद्यापीठ वेलझुण्डीका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामचन्द्र अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।

केन्द्रिय आयुर्वेद विद्यापीठ वेलझुण्डीका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामचन्द्र अधिकारी


कार्यक्रममा वोल्ने वक्ताहरुले आयुर्वेदका लागि जनशक्ति कम भएकोले यस तर्फ राज्यले ध्यानदिन जरुरीरहेको वताएका थिए । साथै आयुर्वेदिक औषधिको गुणस्तर निर्धारण, र परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवर्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्ने धारणा समेत राखेका थिए । साथै पछिल्लो चरणमा आयुर्वेदिक पद्दतीको माग वढ्दै गएकोले चिकित्सालयको स्तरउन्नतीको लागि पनि माग गरेका थिए ।

डाक्टर मदन कुमार बिसि, प्रमुख, राप्ती आयुर्वेद चिकित्सालय तुल्सिपुर


कार्यक्रममा डाक्टर मदन भण्डारी, डा.मदन कुमार विसी, डा.डाक्टर मुरली मनोहर रौनियार लागाएतकाले वोलेका थिए ।
उक्त कार्यक्रममा लामो समय देखि आयूर्वेद क्षेत्रमा क्रियाशिल रहेका डा. मुरली मनोहर रौनियार र लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल साक्षी खबरका सम्पादक राकेश वस्नेतलाई सम्मान गरिएको थियो ।

डाक्टर देबराज के.सी., उपाध्यक्ष, नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेश


डाक्टर चाहना शर्माको स्वागत मन्तव्यवाट सूरु भएको उक्त कार्यक्रमको सहजिकरण केन्द्रिय सदस्य डा. कैलाश न्यौपानेले गरेका थिए ।

सम्मानीत डा.मुरली मनोहर रौनियारर पत्रकार राकेश बस्नेत

नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशले २६ औं बार्सिक उत्सब यसरी मनायो – YouTube

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस