गाेरखा मावि तुलसीपुरलाई `देशकै उत्कृष्ट ´ अवार्ड

तुल्सिपुर । गाेरखा मावि तुलसीपुरले देशमै उत्कृष्ट स्कुलको अवार्ड पाएको छ ।

फोकस नेपालले गोरखा माविलाई देशकै उत्कृष्ट विद्यालयका रूपमा `उत्कृष्ट मावि २०८०´ अवार्ड प्रदान गरेको हो

आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच देशभरका उत्कृष्ट १० वटा विद्यालयहरूलाई सम्मान गरिएको हो ।

दुवै संस्थालाई आज काठमाडौमा फाेकस नेपाल संस्थाद्वारा आयाेजित वर्तमान शिक्षा नीति र आगामी चुनाैति विषयक विचार गाेष्ठि, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समाराेह कार्यक्रममा सम्मान प्रदान गरिएकाे थियाे ।

समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगत वर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरिका माविहरूबाट छनाैट गरेर सम्मान तथा अवार्ड प्रदान गरिएको फोकस नेपालले बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा केसीलाई अवार्ड प्रदान गरेका थिए ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता, माननीय तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीकाे प्रमुख आतिथ्यता एवम् माननीय तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेलकाे विशिष्ठ आतिथ्यता सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस