आज धान दिवसं: किसानलाई उहीँ मलकै चिन्ता

दाङ । सरकारले आन्तरिक उत्पादनमा आत्मनिर्भर बन्ने उद्घोषका साथ असार १५ मा राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको दुई दशक भएको छ । तर बर्सेनि किसानलाई भने मलको चिन्ताले पिरोलिरहेको हुन्छ ।

यसबीच धान उत्पादन र उत्पादकत्व बढाउने सरकारी लक्ष्य पुरा हुन सकेको छैन । तर, औचित्य नदेखिए पनि सरकारले राष्ट्रिय धन दिवस मनाउन भने छोडेको छैन ।

सरकारले यो वर्ष ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाउने कार्यक्रम तयार पारेको छ । शुक्रबार विभिन्न कार्यक्रमसहित दिवस मनाइदै छ ।

सरकारले २०६१ देखि धान दिवस मनाउन सुरु गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पाँच वर्षको तथ्यांक हेर्दा ५६ लाख १० हजार टनभन्दा धेरै धान उत्पादन हुन सकेको छैन । यस्तै, उत्पादकत्व प्रतिहेक्टर ३.७० टन भन्दा माथि पुगेको छैन ।

आन्तरिक रुपमा उत्पादन बद्न नसक्दा मुलुकमा वर्षेनी अर्बौं रुपैयाँको चामल आयात गर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस