राप्ती राजमार्गमा सवारी दुर्घटना हुदाँ जीप चालकको मृत्यु

दाङ। दाङको तुलसीपुर–३ शिरखोलामा भएको जीप दुर्घटनामा परि सोही जीप चालकको मृत्यु भएको छ ।

तुलसीपुरदेखि रोल्पा गंगादेव गाउँपालिका वडा नं.१ ओतका लागि छुटेको जिप दुर्घटना हुँदा चालक गंगादेव १ निवासी चालक अन्दाजी ३२ वर्षीय विष्णु पुनको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडीमा १० जना सवार थिए । ति मध्ये सबै घाईते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । उनका अनुसार दुर्घटनामा पनि ८ जना घाइते भएका छन । गम्भीर घाइते मध्ये ८ जनालाई थप उपचारकालागि बाँकेको कोहलपुर रेफर गरिएको छ । एक जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

रा १ ज ५५६ नम्बरको यात्रुबाहक जिप सडकदेखि ६० मिटर तल खसेको थियो । शुक्रबार विहान साढे १० बजेतिर दुर्घटना भएको हो । तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुगमान गरेको छ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस