दंगीशरण । महिलाहरुको प्रजनन अङ्गहरुको जोखिम घटाइ महिलाहरुको स्वास्थ्य स्वस्थ राख्न आफु गम्भिर रहेको दाङको दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताउनुभएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा परिवार नियोजन संघ दाङको प्राबिधिक सहयोगमा आयोजित महिला प्रजनन निशुल्क स्वास्थ्य सिविरमा अध्यक्ष गिरीले यस्तो बताउनुभएको हो ।
दंगीशरण गाउँपालिकाको आर्थिक बर्ष २०७९र८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार महिला प्रजनन निशुल्क स्वास्थ्य सिवीर पाठेघरको स्क्रीनिङ ब्यबस्थापन शिविरको आयोजना गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले आफु निर्वाचित भयर आइसकेपछि महिलाको सवालमा पहिलो निर्णय गर्दै सुत्केरी प्रोत्साहन भत्ता देखी छोरी सम्मान कार्यक्रम हुदै पाठेघरको निशुल्क शिवीर जस्ता कार्यक्रम गरी महिलाहरुको क्षेत्रमा थुप्रै कार्यक्रमहरु अगाडि बढाइएको बताउनुभयो ।

शिवीर उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले महिलाहरूको सेवा र महिला लक्षित कार्यक्रममा आफु सदैब तत्पर रहेको बताउनुभयो । यस्तै उपाध्यक्ष खड्काले पाठेघरको नियमित चेकजाँच गर्नुपर्ने र चेकजाँच गर्न लाज र हिनताबोध मान्न नहुने तर्क गर्नुभयो ।कम्तीमा बर्षमा एक पटक पाठेघरको अनिवार्य चेकजाँच गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराई,वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले शिविरबाट सबै पालिकावासी महिलाहरुले लाभ लिन आग्रह गर्नुभयो ।शिविर गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको सभापतीत्व ,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता ,तथा प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईको बिशिस्ट आथित्यतमा सिविर उद्घाटन कार्यक्रम सम्पन्न भएकोथियो ।कार्यक्रमको सहजीकरण गाउँपालिकाका नर्सिङ राधा शर्माले गर्नुभएकोथियो ।


