प्युठान । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार ८ जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना हुँदा कारमा सवार ८ जनाको मृत्यु भएको हो ।
कार चालकसहित दुई पुरुष, दुई महिला र चार बालबालिका गरी ८ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाका अनुसार गाडी चालक लमही नगरपालिका –५ का ताराबहादुर कुमालको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।
कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको थापाले बताए। दुर्घटनापछि उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लगिएकोमा चिकित्सकहरूले आठै जनाको निधन भएको पुष्टि गरेका छन् ।
यात्रुहरू दाङको नारायणपुरबाट तीर्थयात्राका लागि स्वर्गद्वारी गएको जानकारी प्राप्त भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।


