घोराही–तुलसीपुर सडकः डेढ महिनामा मर्मत संभव होला?

विजौरी । भारतको एक्जीम बैंकको ससर्त ऋण तथा भारतकै मुम्वै स्थीत तथ्य इन्जिनियरीङले लिएको घोराही(तुलसीपुर चारलेनको ठेक्का तोडेसंगै डिभिजन सडक कार्यालय घोराही मार्फत नेपाल सरकारले यो सडकको मर्मत गर्ने भएको छ  । यसकालागी कम्तिमा साढे ३ करोड रुपैयाको टेण्डर समेत आह्वान गरिएको छ ।

टेण्डर दुइ क्लस्टरमा गरिएको डिभिजन सडक कार्यालय घोेराहीले जनाएको छ । एउटा क्लस्टर कुइरेपानी देखि गुर्जेखोला सम्मको हुने छ  । अर्को क्लस्टर गुर्जेखोला देखि तुलसीपुर सम्मको हुने छ  । दुइ क्लस्टरमा ठेक्का गरेपछि तोकिएको समयमा मर्मतको काम सम्पन्न हुन सक्ने डिभिजन सडक कार्यालयका निमित्त प्रमुख ऋतेष महर्जनले बतताएका छन् ।

भारतको तथ्य इन्जिनियरीङ एण्ड इन्फा प्रोजेक्ट आफै काममा नआएर नेपालका पेटि ठेकेदारलाइ पटक पटक प्रतिनिधिका रुपमा नियुक्त गरेपनि नेपालका पेटि ठेकेदारबाट १० प्रतिसत पनि भौतिक प्रगति हुन सकेन। करीव १ करोड २१ लाख अमेरीकि डलर बजेट भएको यो योजना अहिले भताभुंग भएको छ । निर्माणका क्रममा खनिएका वाइपास र साइडहरुमा कटिङ गरिएका कारण सडक खाल्डै खाल्डा भएको छ  । यातायात सेवामा निकै कठिन्याइ पर्दै आएको छ । यसबीचमा दुइ दर्जन भन्दा बढिले यिनै खाल्टामा दुर्घटनामा परि ज्यान समेत गुमाईसकेका छन्  । पटक पटकको ताकेता पछि पनि दु्इ दुइ पटक थपिएको म्यादमा समेत काम हुन नसकेपछि नेपाल सरकारले ठेक्का तोडेको हो  । ठेक्का तोडेसंगै सडक अलपत्र परेपछि यसलाइ नेपाल सरकारले मर्मत मात्रै गर्नेगरी ठेक्का आह्वान भएको हो ।

मर्मतको टेण्डर यहि महिनाको ३ गते निस्केको हो । यसको म्याद ३० दिन हुने छ। अर्थात असार ३ गते ठेक्का हाल्ने अन्तिम म्याद हो  । त्यसपछि टेण्डर खोल्ने प्रक्रिया अफै एक महिना पछि धकेलिने छ । यति गर्दा साउन पहिलो साता सम्म लाग्ने छ । अर्को सर्त मर्मतको काम सम्पन्न गर्ने अन्तिम मिति असोज मसान्त उल्लेख गरिएको छ । यहि वेला साउने झरी र भदौरे झरीले काम गर्न दिने छैन । बांकि बर्षा फाटेको एक महिनाभित्र काम सम्पन्न गरीसक्न कसरी संभव होला? कस्तो मर्मत होला? यहि प्रश्न फेरी दाङबासीमा छाएको छ  ।

मर्मत कस्तो प्रकृतिको हुने?

यो प्रश्नको जिज्ञासा पनि डिभिजन सडक कार्यालयले स्पष्ट पारेको छ  । निमित्त प्रमुख महर्जनका अनुसार ५ सेमि सम्मका खाडललाइ सिधा कालोपत्रे गरीने छ  । त्यो भन्दा ठुला खाडललाइ वेस हालेर कालोपत्रे गरीने बताइएको छ ।

सडक स्तरोन्नतीका क्रममा पानी वाइपास बनााउन वीच सडक सम्म परेका खाडलहरु पनि मर्मत हुने छ । चाारलेन भन्दा पहिले साविक ५ मिटरको चौडाइमा सडक मर्मत हुने बताइएको छ । त्यस वाहेकको क्षेत्र कालोपत्रे हुने छैन । यो ठेक्काले सिस्ने खोला पुल वरपर, कटुवा खोला पुल वरपर तथा पत्रेखोला पुल वरपर भने काम गर्ने छैन । किनकि त्यहां पुल बनाउने ठेकेदारलेनै पुल सर्फेस वरपर कालोपत्रे गर्ने संझौता छ । यहि कारण ती पुलहरु अहिले सम्म पनि हस्तान्तरण हुन सकेका छैनन । निर्माण कम्पनीले भने सो काम चारलेन परीयोजनाले गर्ने भन्दै पुल सर्फेसमा कालोपत्रे गर्ने काम गरेका छैनन  । पछिल्लो समयमा भएको मर्मत ठेक्कामा पनि यी गम्भीर सडक मर्मत हुने छैनन्  । जसले धुलाम्मको अवस्थाबाट भने पुरै मुक्ति मिल्ने छैन  । घोराही तुलसीपुर सडक खण्डमा सवैभन्दा बढि अप्ठेरो यीनै क्षेत्र हुन्  । यी क्षेत्रको मर्मतमा पनि डिभिजन सडकले निर्माण व्यवसायीलाइ ताकेता गर्नुपर्ने वा उनीहरुबाट कटाइएको कन्टिन्जेन्सी रकमबाट भएपनि मर्मत हुनुपर्ने बताएका छन्  ।

चार मन्त्री बन्दा पनि बनेन भने यो सडक

अहिले दाङ जिल्लाले एक जना संघिय मन्त्री, एक जना मुख्य मन्त्री तथा दुइ जना प्रदेश मन्त्री पाएको छ  । संघिय मन्त्री रेखा शर्मा सुरुमै नियुक्त भैसकेकि थिइन  । केहि दिन अघि लुम्वीनी प्रदेशका मुख्य मन्त्री डिल्ली वहादुर चौधरी बने । लगत्तै लुम्विनी प्रदेशका अर्थमन्त्री पनि यहि जिल्लाकै धनवहादुर मास्की बने । सोमवार लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल नियुक्त भए  ।

एकै जिल्लाका चारचार जना मन्त्री बन्ने अवसर जुटेपछि दाङबासी विकाशको आशामा निकै हौसिएका छन । आम नागरीकहरुले यहि प्रश्न गरीरहेका छन् कि यो वेला पनि हामीले चारलेन एयरपोर्ट लगायतका गौरवका योजना कार्यान्वयन गर्न सकेनौ भने धिक्कार हुने छ  । ‘हामी अहिले निकै भाग्यमानी महशुस गरीरहेका छौं, तर योमहशुसलाइ यथार्थमा वदल्न मन्त्रीज्युहरुलाइ निकै चुनौति छ, यसलाइ चिर्दै अघि बढ्नुपर्ने छ’, जनकल्याण मावि दुधरासका शिक्षक गिरीराज पाण्डेले भने  । मन्त्रीहरुले केहि गरेर देखाउन सकेनन् भने त्यो आफैमा दुर्भाग्य हु्ने छ  ।

साभारः साक्षी खबरवाट

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस