नयाँ पाइला पुर्नस्थापना केन्द्रद्वारा समितिलाई क्याप टोपी सहयोग

विजौरी । दाङको तुलसीपुर–१९ मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले मिलिजुली सरसफाइ समिति बिजौरीलाई क्याप टोपी सहयोग गरेको छ ।

नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषाल र सल्लाहकार सुनिलकुमार पोख्रेलले ६० थान क्याप सरसफाइ समितिलाई हस्तान्तरण गर्नु भएको हो ।

त्यसअबसरमा शिवालय टोल विकास संस्थाका अध्यक्ष तिलक उपाध्याय, मालबिजौरी टोल विकास संस्थाका अध्यक्ष बिदुर गौतम र दुम्नागाउँ भूयार थान सरसफाइ उप.समितिका संयोजक रेश्मीराज खड्का लगायतले सरसफाइ मानीसको जीवनमा अति आवश्यक भएकाले यसमा सबैले ध्यान दिुपर्ने बताएका छन् ।

मिलिजुली सरसफाइ समितिका अध्यक्ष नबिना केसीको अध्यक्षता तथा समितिका सल्लाहकार गोबिन्द पोख्रेलको प्रमुख आतिथ्यता एवं नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

रामवहादुर डाँगी (बादलपारी) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शकर आशिष आचार्यले गर्नु भएको हो भने धन्यावाद ज्ञापन डिल्ली केसी गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस