सवारी दुर्घटनामा शिक्षिकाको मृत्यु भएपछि हापुरे- तुलसीपुर सडकखण्ड अवरूद्ध

तुलसीपुर / जिपको ठक्करबाट एक शिक्षिकाको मृत्यु भएपछि पीडित पक्षले शुक्रबार बिहानैदेखि हापुरे–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् । मृतकका आफन्तहरूले उचित क्षतीपुर्ती माग गर्दै तुलसीपुरमा सडक अवरुद्ध गरेका हुन् ।

उक्त सडकखण्डमा सवारीसाधन आवागमन ठप्प भएको छ । बिहीबार शिक्षणका लागि शान्तिनगर गाउँपालिका ७ स्थित माध्यामिक विद्यालय तुलसीपुरमा जाँदै गरेकी शिक्षिका सवार रा ७ प ४२३७ नम्बरको स्कुटीलाई दंगीशरण–५ कुमालगडीमा रा १ ज ९२३ नम्बरको जिपले ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट सख्त घाइते भएकी तुलसीपुर उपमहानगरापलिका ९ बेलुवाकी ३७ वर्षीया सीता लम्सालको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस