बजेटमा कृषि र रोजगारीलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई मन्त्रीहरूको सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रीहरूले कृषि र रोजगारीलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीलाई मन्त्रीहरूले बजेटमा कृषि र रोजगारलाई प्राथमिकता दिन सुझाव दिएका हुन् ।

‘अब जेठ १५ गते बजेट आउँदै छ । बजेट के कस्तो ल्याउने भन्ने विषयमा छलफल भयो । सबै मन्त्रीहरूले सुझाव राख्नुभयो’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अधिकांश मन्त्रीहरूले बजेटमा कृषि र रोजगारीलाई प्राथमिकता दिन सुझाव दिनु भएको छ । त्यस अनुरूप नै योजना बनाउन सुझाव आएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले बजेटमा अरू के कस्ता नीतिगत व्यवस्था र कार्यक्रम राख्न सकिन्छ भन्ने विषयमा सुझाव दिन आग्रह गरेका थिए । सबै मन्त्रीहरू बजेटको विषयमा आ–आफ्नो सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस