प्रादेशिक आयुर्वेद चिकित्सालयले निशुल्क स्वास्थ शिबिर सञ्चालन गर्दै

विजौरी l दाङको विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको आयोजनामा दाङको बबई गाउँपालिकाको केन्द्र हापुरेमा निशुल्क स्वास्थ शिबिर सञ्चालन हुने भएको छ ।

जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारी चिकित्सालयले आयोजनामा मा.वी पदमपुरमा १ दिने बिशेषज्ञ डा. सहितको स्वास्थ्य शिबिर सञ्चालन हुन लागेको शिबिर ब्यबस्थापनका संयोजक प्रेम बहादुर वलीले जानकारी दिनुभयो ।

शिबिरमा कनसल्टेन्ट सर्जन पायल्स, फिसर, फिस्टुला रोग बिशेषज्ञ डा. मदन भण्डारी,आयु पञ्चकर्म हाड जोर्नि तथा नशा रोग बिशेषज्ञ डा.योगेशप्रसाद बैध्य, नाक कान घाँटी रोग बिशेषज्ञ डा.प्रतिक्षा मज्गैया, सोनोलोजिस्ट भिडियो एक्सरे डा. देवराज के.सी. र बालरोग बिशेषज्ञ डा.हरीशंकर चौधरीको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले सेवा दिने छन्।

ग्रामिण क्षेत्रका बालक देखि बृद्धअबश्था सम्मका बिरामीहरुलाई मध्यनजर गर्दै सञ्चालन हुने शिबिरमा सम्पूर्ण रोगहरुको निशुल्क चेकजाँच, परामर्श तथा सम्पूर्ण ओैसधी समेत निशुल्क रुपमा बितरण गरिने आयोजकले बताएको छ। शिबिर बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने छ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस