विद्यार्थीलाई ललाइ फकाई गरि बलात्कार गरेर फरार रहेका शिक्षक पक्राउ

तुलसीपुर । दाङमा बलात्कार मुद्धाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ७ का ३५ वर्षीय शिक्षक खुमानन्द पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार आरोपी पौडेलले शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ती मावि धरौरीमा होस्टेल बसेर पढ्दै गरेकी १६ वर्षीय एक बालिकालाई गत चैत २० गते राती ८ बजेको समयमा ललाई फकाई बिद्यालयको प्राङ्गनमा बोलाएर बलात्कार गरेर फरार भएका थिए ।

फरार रहेका पौडेललाई भारतिय प्रहरीको सहयोगमा भारतको दिल्लीबाट पक्राउ गरिएको डीएसपी गौतमले बताउनुभएको छ । पक्राउ परेका पौडेल माथी थप अनुसन्धान भइरहेको उहाको भनाई रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस