पूर्वी रुकुम केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प

रुकुम – पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

यसअघि वैशाख २८ गते बाजुराको बिछ्या केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
वैशाख महिनामा मात्रै बाजुरा केन्द्रविन्दु भएर ६ पटक भूकम्प गएको तथ्याङ्क छ । 
नेपालको पश्चिमी क्षेत्रमा पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएकाले उच्च जोखिम रहेको विज्ञले बताउँदै आएका छन् ।

भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिमी क्षेत्रमा जमिन मुनि शक्ति सञ्चय भइरहेकाले जोखिम धेरै रहेको भूकम्पविद् मुकुन्द भट्टराईले बताउनुभयो ।

जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दालाई अहिलेदेखि नै सावधानी अपनाउन र पूर्वतयारी गर्न पनि उहाँको सुझाव छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस