तुलसीपुर-१६ बालश्रम मुक्त वडा घोषणा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६मा प्रारम्भिक सर्वेक्षणमा ३५ जना बालबालिकाहरु श्रममा रहेका ङथिए । तीमध्ये रहेकोमा ३० जना बालबालिकाहरुलाई तत्कालै परिवारमै पुर्नस्थापना गरिएको थियो ।

पाँच जना बालबालिकाहरुलाई ती बालबालिकाका परिवारलाई आर्थिकरुपमा सबल बनाउनका लागि जीविकोपार्जनका कार्यमा संलग्न गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६का वडाध्यक्ष शिवानन्द डाँगीले ती पाँच जना बालबालिकाहरुलाई अध्यययनका लागि आवश्यक सामग्री उपलब्ध गराएर विद्यालयमा भर्ना गरिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १,२,६ र १८लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले पालिकालाई नै बालमैत्री घोषणाको तयारी गरिएको बताउनुभयो । बालमैत्री घोषणाका लागि ५१ सूचकमध्ये बालश्रम मुक्त एक सूचक रहेको छ ।

नगरप्रमुख टीकाराम खड्काले बालश्रम मुक्त वडा घोषणा गर्नुभएको हो । नगरप्रमुख टीकाराम खड्काले बाल शोषण,श्रम र हिंसा अपराध भएकाले सबैको सहयोग,सहकार्यबाट नै सभ्य समाज निर्माणका लागि बालमैत्री नगर घोषणाको तयारी अघि बढाइएको बताउनुभयो । उहाँले सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउने वातावरण तयार गरिने बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले शिक्षालाई अनिवार्य ,निशुल्क र सर्वसुलभ बनाउनका लागि सदैव तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, नेकपा एमाले प्रदेश कमिटि सदस्य गिरीराज केसी, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति नवीनकुमार पोख्रेल, बालविज्ञ नवराज लामिछाने, नेपाली कांग्रेस वडा नम्बर १६का इकाई सभापति लिलाधर वली लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य पार्वती विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव मित्र विश्वकर्माले गर्नुभएको हो ।

कार्यक्रममा बालश्रम मुक्त वडा घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण टोल विकास संस्था,विद्यालय,संघ संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस