घोराही । घोराही उपमहानगरपालिकाले चालु शैक्षिक सत्र २०८० देखि लागुु हुुने गरी ‘एक वडा एक नमूना विद्यालय’ शैक्षिक कार्यक्रम थालनी गरेको छ । जसमा उपहानगरपालिका भित्र रहेका १देखि १९ नम्वर वडासम्मका प्रत्येक वडाका १/१ वटा सामुुदायिक विद्यालय गरी १९ वटा सामुदायिक विद्यालय छनौट गरिएको छ । उपमहानगरपालिकाले नमूना विद्यालय निर्माणमा भन्दा पनि कार्यकर्ता व्यवस्थापनका लागि योजना सुरु गरेको देखिन्छ ।
घोराही उपमहानगरपालिका शिक्षा ऐन २०७५ (पहिलो संसोधन) को दफा २० –क उपदफा (१) मा व्यवस्था भए बमोजिम उपमहानगरपालिकाको कार्यपालिका बैठकले मनोनित गरेको १ जना महिला सहित ३ जना विद्यालय व्यवस्थापन समिति सदस्य मनोनयन गरेको छ । जसले नमूना विद्यालय निर्माणभन्दा पनि नमूना विद्यालयको नाममा कार्यकर्ता भर्ती गरेको देखिन्छ ।
उपमहानगरपालिकाले छनौट गरेको १९ वटा सामुुदायिक विद्यालय मध्ये स्थानीय शिक्षा ऐन २०७५ ९पहिलो संसोधन० को दफा २० को उपदफा १ बमोजिम घोराही उपमहानगरपालिका वडा नं। १ को आधारभूत विद्याय सिमलतारा पूर्ण बहादुर मल्ल, कमला परियार र टोप बहादुर राना, वडा नं। २ को गौरी बबई निमुुरिया इमानसिंह केसी, रत्नी चौधरी र गिर बहादुर केसी, वडा नं। ३ सरयूू आधारतभूत विद्यालयमा हिमा खत्री, पार्वती सुवेदी र लोकबहादुर खत्री , आधारभूत विद्यालय सुनपुरमा कुुलबहादुर कामी, दामोदर अधिकारी र पुुष्पा शर्मा पोख्रेल रहेका छन् ।
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. ५ महेन्द्र आ.वि दलजितपुर झगेन्द्र बस्नेत, घनश्याम केसी र बिसन चौधरी , वडा नं। ६को जनकल्याण प्रावि लखुवार प्रविण वली, अविन चौधरी र रेखा केसी, वडा नं. ७ रात्री प्राविक शुुक्रवारमा सुरेश चौधरी, अमर चौधरी र सरस्वती चौधरी, वडा नं. ८ नेपाल राष्ट्रिय आ।वि दुन्द्रामा बलबहादुर चौधरी, रमादेवी चौधरी र श्रीधर घिमिरे , वडा नं. ९ को प्रावि मकुन्डाडाँ अस्परीमा नारायण रावत, लक्ष्मी हरिजन र होम बहादुर डाँगी वडा नं. १० को नवोदय बालकल्याण आवि अमराई शिव श्रेष्ठ, सिता चौधरी र हरिकला बि।क। वडा नं. ११ प्राविक शिवपुरमा मणिभद्र गौतम, यमकली घर्ती र बिमल नेपाली रहेका छन् ।

त्यस्तै वडा नं. १२ मावि रतनपुरमा सुरेश गौतम, अमर बहकारी र दुुर्गा कुमारी वली, वडा नं. १३ बराहक्षेत्र मावि केशव गिरी, स्मृति बुढामगर र लिलाधर स्वर्णकार , वडा नं. १४ बालविकास मावि खड्ग बहादुर केसी, इश्वर बहादुर बुठा र शुसिला चौधरी, वडा नं. १५ को सरस्वती मावि काठेकोहल विवेक श्रेष्ठ, बुद्धि पौडेल र बिष्णा कालाथोकी, वडा नं. १६ प्रावि सानी अम्वापुर पगर बहादुर बस्नेत, मान बहादुर डिसी र पदमा चौधरी , वडा नं. १७ प्रावि भैसाही तुलप्रसाद घिमिरे, श्रीधर योगी र निमा कुमार बुढाथोकी , वडा नं. १८ अम्विकेह्वरी आ.वि बेलघारी किशोर पौडेल, अर्जुुन पन्थी र बिमला रावत र वडा नं. १९ भगवती मावि सैघा शिवराज घर्ती, डिम्वर बहादुर रावत र जानका पुन मगर रहेका छन् ।
नमूना विद्यालयको नाममा उपमहानगरपालिकाले कार्यकर्ता व्यवस्थापन र नेतृत्व निर्माणको थलो सामुुदायिक विद्यालय बनाउन खोजेको आरोप उपमहानगरपालिका छ । मेयर उपमेयरले वडाध्यक्षहरु उपस्थिती बिना नै एकलौटी निर्णय गरेको घोराही उपमहानगरपालिका वडा नं। १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेल बताए । उनले भने– ‘ मेयर उपमेयर र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले एकलौटी रुपमा गरेको निर्णय हो । विद्यालय छनौट देखि व्यवस्थापन समितिको सदस्य मनोनित नाम समेत नेकपा एमालेकै पार्टी कार्यकर्ता हुन् । ’ घोराही उपमहानगरपालिका मेयर उपमेयर सहित नेकपा एमाले १४ वटा वडा जितेको छ , नेपाली काँग्रेस ४ र नेकपा माओवादीले १ वटा वडा मात्रै जितेको छ ।
जसका कारण बहुुमतका आधारमा उपमहानगरपालिका प्रमुखले एकलौटी निर्णय गरी सामुदायिक विद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको वडाध्यक्ष पाण्डेले बताए । कार्यकर्ता व्यवस्थापनका लागि उपमहानगरपालिका प्रत्येक विद्यालयको अभिभावकहरुको अधिकार समेत च्युत गरेको उनको आरोप छ । उनले थपे– ‘ ३ जना उपमहानगरपालिका १ जना नगर शिक्षाले उपमहानगरपालिकाले ४ जना सदस्य पठाउछ, विद्यालय व्यवस्थापन समिति ७ जनाको हुन्छ । अनि त्यो के नमूना विद्यालयका नाममा राजनीति भर्ती केन्द्र भएन र रु’ नमूना विद्यालयका व्यवस्थापन समितिको सदस्यका उपमहानगरपालिकाले मनोनित गरेका ३ जना सदस्यहरु नेकपा एमालेको वडादेखि जिल्ला कमिटि जिम्मेवारी रहेका छन् ।
तर स्थानीय सरकारले आफैले विद्यालय माथि राजनीतिक हस्तक्षेप गर्न खोजेको आरोप उनको छ । स्थानीय सरकारले आफैले नियम मिच्दै आफैले सामुुदायिक विद्यालयमा माथि राजनीतिक रजाई गर्न खोजिरहेको उनीले बताउछन् ।


