घोराहीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

घोराही : दाङमा प्रहरीले होटल संचालकसहित जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल संचालक घोराही १७ बस्ने ४६ बर्षका माधव गैरे , बंगलाचुली गाउँपालिका ४ बस्ने २८ बर्षका माधव खड्का, बंगलाचुली २ बस्ने ३२ बर्षका भरत घर्ती मगर, वडा नम्बर ४ बस्ने २८ बर्षका तारा प्रसाद न्यौपाने, वडा नम्बर ६ बस्ने २४ वर्षका पुषक अधिकारी, वडा नम्बर ५ बस्ने ३४ वर्षका दिबाकर बली र घोराही १५ बस्ने ३० वर्षका नारायण प्रसाद वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मङ्गलवार राति करिब साढे ९ बजेतिर घोराही १८ नवलपुर स्थित स्युजाली होटल एण्ड लजमा अबैध रुपमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट गएको प्रहरी टोलिले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।  

यस्तै प्रहरीले होटलबाट रितपुर्वक खानतलासी गर्दा जुवा तास खेलिरहेको अवस्थामा १ गड्डी खोलेको तास र नगद ९२ हजार २७० बरामद गरेको पनि उनले जानकारी दिए । पक्राउ परेकाहरू माथी ७ को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस