
अब सामाजिक सञ्जाल ट्विटरमा आर्टिकल वा समाचार लेखेबापत पैसा पाइने भएको छ । ट्विटरका मालिक एलन मस्कले एक ट्विट गर्दै यो जानकारी दिएका हुन् ।
आगामी महिना यो फिचर सार्वजनिक गर्ने घोषणा गर्दै उनले यो फिचरअन्तर्गत ट्विटरमा आर्टिकल प्रकाशन गर्ने व्यक्ति वा मिडियाले प्रयोगकर्ताबाट हरेक क्लिकबापत सीमित शुल्क पाउनेछन् ।
विशेषगरी वेबसाइटमा राखिएका लेखको लिंक ट्विटरमा सेयर गरेपछि उक्त लिंक क्लिक गरेबापत प्रयोगकर्ताले शुल्क तिर्नुपर्नेछ ।
यसमा प्रत्येक लेख अनुसार छुट्टै शुल्क तिर्नुपर्ने वा मासिक सब्स्क्रिप्सन लिएर लेखहरू पढ्न सकिने व्यवस्था हुने मस्कले बताएका छन् ।
प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार