तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले छोरीलाई आर्थिक र सामाजिकरुपमा सशक्तीकरणका बनाउनका लागि सुरु स्मार्ट छोरी कार्यक्रम सुरु गरेको छ ।
२०७७ साउन १ गतेदेखि सुरु भएको स्मार्ट छोरी कार्यक्रम अन्तर्गत २०७९ फागुन मसान्तसम्म पाँच सय ६५ जना छोरीको खातामा रकम जम्मा भएको छ । मासिक एक सय रुपियाँ खातामा रकम जम्मा गर्दै आएको पालिकाले आर्थिक वर्ष २०७०/८० देखि मासिक दुई सय खातामा जम्मा गरिदिदै आएको छ । उपमहानगरपालिकाको कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारीु कार्यविधि पारित गरेसँगै यो कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम खातामा जम्मा हुने कार्यविधिमा व्यवस्था गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा दुई हजार चार सय र त्यसपछि हरेक महिना दुई सय रुपैयाँका दरले खातामा रकम जम्मा हुनेछ । २० वर्ष पछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न पाइने व्यवस्था गरेको छ ।
उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ।
कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र अनिवार्यरुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्यरुपमा माध्यमिक तहसम्म अध्यापन गरेको हुनुपर्नेछ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले बिचमै विवाह गरेमा या माध्यमिकतहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुने व्यवस्था रहेको बताउनुहन्छ ।
नगरप्रमुख टीकाराम खड्काले बालविवाह रोक्न,छोरीलाई उच्च शिक्षासम्म पहुँच पु¥याउनका लागि स्मार्ट छोरी कार्यक्रम प्रभावकारी रहने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयबाट एस ईई उत्तीर्ण गरेका छात्राहरुलाई निशुल्क अध्यापनको व्यवस्था गरिएको र हालसम्म दुई सय बढी छात्राहरुलाई निशुल्क पढाइएको बताउनुभयो ।
कार्यविधि अनुसार समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम पूरै दिनुपर्ने उल्लेख ।


