विजौरी । सोमवार मुलुकभर सत्रौं लोकतन्त्र दिवस मनाइरहंदा तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी स्थीत घोराही–तुलसीपुर सडक खण्डको मानपुर चौकमा एक युवतीले हातमा पाइप लिएर सडकमा पानी हालिरहेकि थिइन् । धुलाम्मे सडकले कस्मेटिक पशलका सामानलाइ धुलाम्मे बनाएपछि दिनहुं जसो सडकमा एका विहानै पानी चाहार्ने दैनिकि बनेको छ ।
‘विसं ०६२÷०६३ को आन्दोलनमा लोकतन्त्रको स्थापनाकालागी हामी यहि स्थानमा राजसंस्था फाल्न र लोकतन्त्र स्थापनाकालागि सहभागि थियौं’ ती युवतीले भनिन् हामीले व्यवस्था बदल्यौं, तर अवस्था बदल्न सकेनौं । निरंकश जहानीय राणा शासनलाइ ढालियो । पन्चायती व्यवस्थालाइ फालेर संबैधानिक राजतन्त्र सहितको वहुदलीय व्यवस्था स्थापना भयो । त्यसले पनि नपुगेर राजतन्त्रकै अन्त गरी लोकतन्त्र स्थापना भयो ।
मुलुकमा संघियता पनि आयो । तीन तहका सरकारहरु बने । तर अहिले सडकमा तीनै तहका सरकारको उपस्थीति देखिदैन । दुइ बर्ष अघि निर्माण सम्पन्न भैसक्नुपर्ने चारलेन सडकको यो हविगत छ । मानपुर चौक जस्तै यो सडक खण्डका धेरै स्थानमा अहिले यसरीनै पानी चाहारी रहनुपर्ने अवस्था छ ।
‘ हामीले विदेशमा बेच्ने भनेको त युवाहरुलाइ मात्रै हो, अरु सवथोक हामीले विदेशबाट किन्ने हो । यो अवस्थालाई लोकतन्त्र भन्ने कि लकतन्त्र ? यहि प्रश्न आम नागरिकहरुले सोधिरहेका छन् । अर्थात लोकतन्त्र अहिले लक भएको छ । त्यसैले धेरै क्षेत्रमा सरकारको उपस्थीति देखिंदैन ।
दुधरास डेरीमा रसायिनिक मलको पनि कुनै सहकारी मार्फत कारोवार हुन्छ । केहि किसानलाइ मल उपलव्ध गराउने सो सहकारीमा रासायनिक मल छैन । ‘हामी किसानलाइ सधै यहि समस्याले पिरोल्छ, चाहिएको समयमा प्रयाप्त अनुदानको मल पाउन हामीले दशबर्ष देखि सकिरहेका छैनौं’ स्थानियबासी गोविन्द भण्डारीले भने । किसानलाइ खेतीपातीको समयमा मल उपलव्ध गराउन सक्दैन भने हामीले अहिले नयां व्यवस्था ल्याएको के अर्थ हुन सक्यो? भण्डारीको प्रतिप्रश्न थियो । सरकार आफैले अनुदानको मल समयमा उपलव्ध गराउन सकिरहेको छैन । नत भन्सार खुला गरी निजि क्षेत्रलाइ मलको कारोवार गर्न नै छुट दिएको छ । यसको प्रत्यक्ष मार किसानहरुलाइ परेको छ ।
निजि क्षेत्रलाइ कारोवार गर्न नदिंदा चोरी तस्करीबाट आएको महंगो रासायनिक मल उपभोग गर्न किसानहरु बाध्य छन् ।
शिक्षा क्षेत्र समृद्ध बन्न सकेको छैन । सामुदायिक विद्यालयहरुमा दिनहु विद्यार्थिहरु घटिरहेका छन् । जिल्लाकोे एउटा सिंगै पालिकाको कक्षा ८ को नतिजा हेर्ने हो भने नौ वटा विद्यालयका नतिजा निल भएको छ । अव नौ कक्षामा कुन विद्यार्थिलाइ पढाउने? गाउपालिकाको शिक्षा शाखा रनभुल्लमा छ । जनप्रतिनिधिहरु पुनः परीक्षा लिने तयारीमा छन्् ।
सामुदायिक शिक्षामा राज्यले खरबौं रुपैया लगानी गरेपनि शैक्षिक सुधार हुन सकेको छैन । यो मात्र होइन, सरकारले आधारभुत तह सम्मको शिक्षालाइ मौलिक हकका रुपमा व्याख्या गर्दै आधारभुत तह सम्मको शिक्षा निशुल्क गरेको छ । तर अधिकांश सामुदायिक विद्यालयहरुले विद्यार्थिका अभिभावकहरुबाट कुनै न कुनै वाहनामा सहयोग शुल्कका रुपमा शुल्क लिने गरेका छन् । ‘सामुदायिक विद्यालयको विभिन्न शिर्षकको शुल्क करिव करिव निजि विद्यालयको जस्तै हुन आउंछ, यो संविधानको उपहास होइन र?, तुलसीपुर उपमहानगरपालिका–१७ झिंगैका अभिभावक तिलक वहादुर भण्डारीले भने ।
अहिले सवै भन्दा शक्ति सम्पन्न सरकार भनेको स्थानिय सरकार हो । छोए छोइने, हेरे देखिने, बोले सुनिने स्थानिय सरकार हो । सरकारले शिक्षाको सवै जिम्मा स्थानिय सरकारलाइ दिएको छ । तर सामुदायिक विद्यालयहरुले खुलेआम सहयोग शुल्क उठाइरहंदा स्थानिय सरकारहरु मौन हुनुले स्थानिय सरकारकै उपस्थीतिको अनुभुति विद्यालयमा छैन । खालि स्थानिय सरकार शिक्षक नियुक्ती र पायक पर्ने स्थानमा आफ्ना पार्टिका भक्तहरुको व्यावस्थापनमा लागीपरेका छन् । विद्यालय थप खोल्नुको साटो विद्यालय मर्ज गरी साना वालवालिकालाइ घण्टा जति पैदल हिड्नुपर्ने बाध्य बनाइएको छ । खोइ विद्यालयमा सरकारको उपस्थीति? अभिभावक भण्डारीले भने ।
‘सकस’मा परेको छ सरकार । अर्थ सचिवले भन्दै आएका छन् अव बृद्धभत्ता कटौति गर्नुपर्ने अवस्था आएको छ । कर्मचारीलाइ नियमित पारिश्रमिक भुक्तानीमा पनि समस्या देखिन सक्छ । यो अनुमान गरीरहंदा लोकतन्त्रको विश्वास गर्ने कर्मचारी तन्त्र पहिल्यै सचेत बन्न किन सकेन । विग्रिन थालेको अर्थतन्त्रलाइ झन संकटमा पार्ने कि सच्याउन प्रयास गर्ने? यहि प्रश्न आम नागरिकहरुले गरीरहेका छन् ।
भान्सा असाध्यै महंगो भएको छ । गहुको आटा प्रति पाच किलोको एक बर्ष अघि मुल्य १ सय ७० रुपैया पथ्र्यो, तर त्यहि आटाको मुल्य अहिले करीव ४ सयको हाराहारीमा छ । किसानहरुले गहुवाली भित्राउदा समेत आटाको मुल्य घटेको छैन । चामल र दालको मुल्य पनि त्यत्तिकै आकाशिएको छ । तरकारीको भाउ छोइ नसक्नुको छ । तर सिचाइ र युवा जनशक्तिको अभावमा हाम्रा आधा खेतवारी बाझै छन् । केहि अन्न आकाशे पानीका भरमा फले पनि अधिकांश कृषि उपजहरु हामीले विदेशबाट आयात गर्नुपर्ने अवस्था आएको छ ।
हामीले विदेशमा बेच्ने भनेको त युवाहरुलाइ मात्रै हो, अरु सवथोक हामीले विदेशबाट किन्ने हो । यो अवस्थालाइ लोकतन्त्र भन्ने कि लकतन्त्र? यहि प्रश्न आम नागरीकहरुले सोधिरहेका छन् । अर्थात लोकतन्त्र अहिले लक भएको छ । त्यसैले धेरै क्षेत्रमा सरकारको उपस्थीति देखिंदैन । यो अवस्थामा औपचारीक कार्यक्रमको आयोजना गरेर लोकतन्त्र बनाउनु भनेको लोकतन्त्रकै उपहास होइन र?
– साक्षी खबरवाट


