दोलखा । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर बिहान ११ः२७ बजे ५।२ म्याग्नेच्युडको भूकम्प गएको हो।
दोलखासँगै आसपासका ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का महसूस भएको छ। भूकम्पबाट भएको क्षतिका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले दोलखाले जनाएको छ।
त्यस्तै, आजै लमजुङको मालिङ केन्द्रबिन्दु भएर पनि भूकम्प गएको छ। बिहान ११ः३९ बजे मालिङ केन्द्रबिन्दु भएर ३।८ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।
पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएरब भूकम्प जानेक्रम बढेको छ। यसअघि गत चैत १४ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर ४।६ म्याग्नेच्युडको भूकम्प गएको थियो।
त्यस्तै, चैत १२ मा बाजुरा केन्द्रबिन्दु भएर ४।३ म्याग्नेच्युडको भूकम्प गएको थियो।


