राप्ती बबई क्याम्पसमा स्ववियुको चुनाव स्थगित

तुलसीपुर। तुलसीपुरको राप्ती बबई क्याम्पसमा भैरहेको स्ववियू निर्वाचन स्थगित भएको छ ।

एउटै विद्यार्थीसंग २३ वटा परिचय पत्र फेला परेपछि केही समयका लागि निर्वाचन स्थगित भएको हो ।

यस विषयमा अहिले सर्वदलीयको बैठक जारी छ ।

निर्वाचन स्थगित भएपछि भोट हाल्न पुगेका धेरै विद्यार्थी फर्किसकेका छन्। चैत ५ गते तोकिएको चुनाव दलहरूमा सहमति नजुटेकोले ७ गते सारिएको थियो।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस